• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कुलमानको ठाउँमा हितेन्द्रदेव पक्का, ‘बाहिरको मान्छे आउने सम्भावना लगभग सकियो’

२०७७ कार्तिक २४, सोमबार १६:१८

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । मन्त्रालयले शाक्यलाई दिएको यो जिम्मेवारीको खबरलाई धेरैले सामान्य रुपमै लिए । किनकि यो कुनै अनौठो निर्णय थिएन, हल्ला पहिलेदेखि नै चलेको थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट गएको भदौ २९ गते अवकाश पाएपछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद खाली रहेको छ । व्यापक जनदबाबलाई बेवास्ता गर्दै सरकारले कुलमान घिसिङको कार्यकाल नदोहोर्‍याएपछि शाक्यको नाम चर्चामा आउन थालेको हो । 

कुलमान प्राधिकरणबाट बाहिरिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उप–कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिनुभएको थियो ।

वरिष्ठताका आधारमा हितेन्द्रदेव शाक्यले नै निमित्तको जिम्मेवारी पाउनुपर्ने भए पनि शाक्य नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङमा प्रबन्ध निर्देशकको रुपमा रहेकाले कोइरालाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । 

तर शुक्रबार ऊर्जामन्त्रीले एनईए इन्जिनियरिङबाट शाक्यलाई काज फिर्तामा प्राधिकरण तानेर आइतबार बेलुकी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको छ । शाक्यलाई

प्राधिकरणमा काज फिर्तामा बोलाएर निमित्तको जिम्मेवारी दिइनु नै कार्यकारी निर्देशककै जिम्मेवारी दिने तयारी भएको बुझ्न सकिने ऊर्जा मन्त्रालय स्रोत बताउँछ । 

कुलमान ल्याउनुपर्छ भन्ने आवाज मत्थर भएको मौका छोप्दै ऊर्जामन्त्री

भदौ २९ गते कुलमान घिसिङको कार्यकाल सकिने भए पनि उहाँलाई सरकारले दोहोर्‍याउँछ कि दोहोर्‍याउँदैन भन्ने चर्चा असारदेखि नै सुरु भएको थियो । आमनागरिकले कुलमान घिसिङलाई नै फेरि एक पटक प्राधिकरणको जिम्मेवारी दिन माग गरे । सामाजिक सञ्जालमा सरकारलाई दबाब दिने काम भयो । भदौ २९ गतेअघि नै घिसिङको कार्यकाल थप्न दबाब भए पनि सरकारले थपेन । 

ऊर्जामन्त्री पुनले घिसिङलाई नियुक्त गर्नको लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताए पनि पारित भएन । ऊर्जामन्त्रीले प्रस्ताव नै पेस नगरेको तर आलोचनाबाट बच्न प्रधानमन्त्रीले नियुक्त नगरेको आरोप लगाएर पन्छिने गरेको पनि चर्चा भएको थियो । 

चौतर्फी दबाब र आलोचनाका बाबजुद पनि सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्वमा दोहोर्‍याएन । अहिले घिसिङलाई ल्याउनुपर्ने माग अलिक कम भएको मौका छोपेर ऊर्जामन्त्री पुनले प्राधिकरणको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिने तयारी गर्नुभएको छ ।

‘कुलमानलाई ल्याउनुपर्छ भन्ने व्यापक जनदबाब भएको बेलामा शाक्यलाई जिम्मेवारी दिएको भए ऊर्जामन्त्रीको झनै आलोचना हुन्थ्यो, त्यसैले घिसिङ बाहिरिएको दुई महिनासम्म मन्त्री चुपचाप रहनुभयो, कुलमानको चर्चा सेलाउँदै गएकाले मन्त्रीले शाक्यलाई कार्यकारी निर्देशक बनाउने तयारी गर्नुभएको छ’, स्रोतले भन्यो । 

‘प्राधिकरणबाहिरका मान्छे ल्याउने सम्भावना छैन’

ऊर्जा मन्त्रालय स्रोतका अनुसार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा अब प्राधिकरणबाहिरको मान्छे ल्याउने सम्भावना छैन । 

‘कुलमानलाई नल्याउँदा यसै पनि सरकारले गाली खाइरहेको छ, बाहिरको मान्छे ल्याउँदा पैसा खाएको लगायतका धेरै आरोप आउने भएकाले अब प्राधिकरणबाहिरको मान्छे ल्याउने सम्भावना छैन’, मन्त्रालयका एक अधिकारीले भनेका छ्न।

अहिले निमित्तको जिम्मेवारी दिइएका हितेन्द्रदेव शाक्यलाई नै कार्यकारी निर्देशक बनाउनको लागि मन्त्रिपरिषदमा पेस गर्ने कागजात पनि तयार हुन थालिसकेको मन्त्रालयका ती अधिकारीले बताएका छन् ।

शाक्यले पनि यसअघि कुलमान घिसिङबाहेकका व्यक्तिलाई प्राधिकरणमा ल्याउने तयारी भएमा आफ्नो पनि दाबेदारी रहने बताइसक्नुभएको छ । मन्त्रालयले वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई मन्त्रालयमा काज फिर्ता बोलाएर निमित्तको जिम्मेवारी दिएपछि अब प्राधिकरणबाहिरका व्यक्तिलाई कार्यकारी निर्देेशक नबनाउने पनि पक्का जस्तै भएको स्रोतको भनाइ छ ।

यस्तो छ शाक्यको प्राधिकरण यात्रा ?

इलाममा जन्मिनुभएका हितेन्द्रदेव शाक्यले काठमाण्डौ विश्वविद्यालयबाट इलेक्ट्रिकल पावर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । यस्तै नर्वेबाट इलेक्ट्रिक इन्जिनियरिङमै स्नातकोत्तर गर्नुभएको छ ।  

नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्य प्रष्ट वक्ता र कार्य कुशलता भएका कर्मचारीको रुपमा चिनिनुहुन्छ । 

सन् १९८८ मा मर्स्याङ्दी जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियरको रुपमा विद्युत् प्राधिकरणको जागिर थाल्नुभएका शाक्यले यसअघि ऊर्जा मन्त्रालय र प्राधिकरणले दिएका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । सन् २००३ मा शाक्यले त्रिशूली जलविद्युत् आयोजनाको स्टेशन इन्चार्ज र चिलिमे जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल डिभिजन प्रमुखको रुपमा जिम्मेवारी निभाउनुभयो । 

शाक्यले सन् २०१० मा चिलिमे हाइड्रोको प्लान्ट म्यानेजर र अपर साञ्जेन आयोजनामा काम गर्नुभयो । सन २०११ मा नेपाल विद्युत् प्राधिकरणको योजना विभागको म्यानेजर, सन् २०१३ मा ठूला आयोजनाको निरीक्षण र व्यवस्थापन प्रमुख, सन् २०१५ मा विद्युत् व्यापार विभागका निर्देशकका रुपमा पनि शाक्यले काम गरिसक्नुभएको छ । 

चिलिमे जलविद्युत् कम्पनी र मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्नुभएका शाक्यले सन् २०१७ मा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा नेपालको ऊर्जा क्षेत्रको विशेषज्ञको रुपमा काम गर्नुभएको छ । 

सन् २०१८ अर्थात् २०७३ देखि भने शाक्य नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।  

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech