• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बन्द विद्यालय खोल्ने जिम्मा पालिकालाई (विद्यालय सञ्चालनको कार्यढाँचासहित)

२०७७ मंसिर ३, बुधबार ०९:२३

काठमाण्डाै – सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को जोखिम नभएका र कम हुँदै जाने पालिकाका विद्यालयमा आलोपालो सिफ्ट वा अरु उपयुक्त विधि अपनाइ पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्याङ्कन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचाअनुसार बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्नेछन् ।

कार्यढाँचामा सङ्क्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याएर बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । त्यस्तै, सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । 

संघीय, प्रदेश र स्थानीय सरकारले जारी गरेका जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालय बन्द वा पुनः सञ्चालन गर्ने सम्बन्धमा स्थानीय सरकारले जनप्रतिनिधिलगायत सरोकार पक्षसँग छलफल गर्नुपर्नेछ । यस्तै विद्यार्थी, शिक्षक वा कर्मचारी सङ्क्रमित भएमा के गर्ने भन्ने वैकल्पिक व्यवस्थाबारे समेत विचार गर्नुपर्नेछ ।

पालिकामा भएको समीक्षाको आधारमा आलोपालो वा अन्य उपयुक्त मोडालिटीबारे विद्यालयले प्रस्ताव गर्नुपर्नेछ । पालिकाभित्र सङ्क्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रका विद्यालयबाट पठनपाठन सुरु गर्न सकिनेछ ।

विद्यालय सञ्चालनको सूचना प्रकाशन वा प्रसारण गर्दा विद्यार्थीले आउँदा-जाँदा र विद्यालयमा रहँदा पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डको जानकारी दिनुपर्नेछ । विद्यालयमा रहेका क्वरेण्टीन वा आइसोलेशन सेन्टर हटाउँदै विद्यालय भवनको निर्मलीकरण पनि गर्नुपर्नेछ । व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्ने निर्णयसँगै जनस्वास्थ्य र सुरक्षाका मापदण्डको जानकारी गराउँदै बालबालिकालाई पठनपाठनका लागि मानसिक रूपमा तयार गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।

यस्तै पालिका र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायत न्यूनतम पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर र तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, मास्कको प्रयोग, विद्यार्थीबीच भौतिक दूरी, खाजालगायत व्यवस्थापन पनि गर्नुपर्नेछ ।

संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड- १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।
यस्तो छ विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा :

https://drive.google.com/file/d/1euDiR1YZxUOYvINrymzbvMtx6GfzqvL-/preview

सम्बन्धित खवर

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’
प्रदेश विशेष

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान
प्रदेश विशेष

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले

ताजा समाचार

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us