Advertisement

प्रदेश सांसद यादवद्वारा मधेश नामाकरण दिवसको शुभकामना

न्युजडेस्क
२०८१ माघ ३, बिहीबार १०:३७

आमिन राईन
जनकपुरधाम, माघ ३ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता एवम् मधेश प्रदेशका सांसद रामअशिष यादवले मधेश नामाकरण दिवसको अवसरमा सम्पूर्ण मधेशवासीलाई शुभकामना दिएका छन्।

उहाँले मधेशको समृद्धि र सांस्कृतिक धरोहरलाई प्रवर्द्धन गर्न सबैलाई एकताबद्ध भएर काम गर्न आग्रह गरे। मधेश नामाकरण दिवस माघ ३ गते नेपालका मधेश क्षेत्रको पहिचान, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रतीकको रुपमा मनाइन्छ।

सांसद यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रममा समर्पण र योगदानका लागि मधेशका सपूतहरुलाई सम्मान गर्दै उहाँले मधेशीको स्वाभिमान ,आत्मसम्मान ,पहिचान र समान अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको शुभकामना सन्देश मा उल्लेख गरेका छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर