Advertisement
☰

हंसपुर नगरपालिका आयुर्वेदशाखा दुवरा आज सोनिगामा आयुर्वेद औषधालयमा सातौ अन्तरास्ट्रिय योग दिवस मनाईयो

न्युजडेस्क
२०७८ असार ७, सोमबार २०:३७

हंसपुर नगरपालिका आयुर्वेदशाखा दुवरा आज सोनिगामा आयुर्वेद औषधालयमा सातौ अन्तरास्ट्रिय योग दिवस YOGA FOR WELL- BEING (सु-स्वास्थको लागि योग)भन्ने नाराको साथ अन्तरकृया तथा जडिबुटी रोपन गरि वडा अध्यक्ष एवम औषधालय समिति अध्यक्ष श्री मेथुरा चौधरी ज्युको अध्यक्षता र नगर प्रमुख श्री राम ज्ञान मण्डल ज्युको प्रमुख आतिथ्यमा एवम नगर उप प्रमुख श्री रेणु झा ज्युको बिशिस्ट आतिथ्यमा सन्चालन भएको कार्यक्रममा नगर प्रमुख ज्यु दुवरा उद्घाटन गरि वडा सदस्य श्री श्रवण मण्डल ज्युले स्वागत मन्तब्य दिनु भयो ।

वडा न १,७,८ र ९ को वडा अध्यक्ष क्रमश : श्री कामेश्वर कापर , राम सेवक मण्डल , जिवछ मण्डल र नरेश कुमार मण्डल लगायत वडा सदस्यहरु , जसपा नेपालका केन्द्रिय सदस्य श्री सुरेन्द्र मण्डल,पुर्व के स रुप नारायण मण्ड्ल ,समाजवादी युवा सङका जिल्ला अध्यक्ष दिपु कापरी ,सबैला आ औ का कविराज गङाप्रसाद बिरला एवम विभिन्न वडा का नागरिक आरोग्य समुहका अध्यक्ष एवम योग प्रशिक्षक लगायतका ब्याक्तित्वको सहभागीमा योग र आयुर्वेद सम्बन्धि अन्तरक्रिया गरि औषधालयको कम्पाउण्डमा जडिबुटीहरु समेत रोपण गरियो ।

कार्यक्रममा विभिन्न वडामा नियमित योगाभ्यास गराई रहेका योग प्रशिक्षकले योग हल निर्माण तथा योग समुहलाई ब्यवस्थापन गर्नु पर्ने तर्क राख्नु भयो भन्ने प्रमुख प्रशासकीय अधिकृत श्री राम लोचन मण्डल ज्युले आयुर्वेद सेवा हंसपूरा नमूना बन्दै गएको र यसलाई अर्को आ व देखि अझ प्राथमिक्तामा राखी बजेट राखेको बताउनु भयो ।त्यस्तै आयुर्वेद योग र जडिबुटी सेवा घर घर मापुर्याउन विभिन्न बक्ताहरुले सल्लाह दिनु भयो ।

नगर उप प्रमुख श्री रेणु झा ज्युले एक बर्ष हाम्रो चार बर्षको कार्यकालमा एक बर्ष देखि मात्र आयुर्वेद सेवा पनि हंसपुर नगरपालिकामा हो भन्ने आम समुदायमा अनुभुति भएको र योग को साथै जडिबुटी खेतीमा पनि नगरपालिकाले लगानी गर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख राम ज्ञान मण्डल ज्युले हंसपुर नगरपालिकामा आयुर्वेद सेवा सबै सेवा भन्दा उतकृष्ट सेवा दिई रहेको एवम कोभिड १९ को महामारी मा बिगतमा समेत क्वारेन्टाइन लगायत वडाहरुमा योग कार्यक्रम सन्चालन गरि आम समुदायमा जनचेतना जगाउने कार्य भएको तथा दोस्रो भेरियन्ट संक्रमणमा समेत घर घर मा गै आयुर्वेद सेवाबाट कोभिड १९ को महामारीबाट वचन जनचेतना मुलक कार्य गरेको छ ।

आ व २०७८/०७९ मा एक घर पाँच योग पाच जडिबुटी अभियान ,महिला स्वयसेबिकालाई नागरिक आरोग्य कार्यक्रम सम्बन्धि तालिम,टोल टोल मा नागरिक आरोग्य समूह गठन गरि नियमित योगाभ्यास गराउने,अनुदानमा अधारित जडिबुटी खेती,नगर स्तरीय जडिबुटी उद्यान र खुल्ला ब्यायामशाला स्थापना, योग समुहलाई योग सामाग्री बितरण ,एक वार्ड एक योग प्रशिक्षक , नागरिक आरोग्य क्लिनिक थप २ वडामा सन्चालन लगायत जेष्ठ नागरिक स्वास्थ्य शिविर हरुको लागि बजेट छुटयाईएको जानकारी दिनु भयो ।

नागरिक आरोग्यकेन्द्र रामनगराको लागि एक करोड ३५ लाखको इ टेण्डर भैसकेक छ भने जाकारी गराउनु भो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर