Advertisement
☰

खोकनाबासी र प्रहरीबीच झडप, ४ जना प्रहरी घाइते

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार १५:००

काठमाडौँ /  ललितपुरको खोकनामा खेत रोप्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । फाँटमा रोपाइँ गर्न गएका स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको हो  ।

खोकनाबासीले फास्ट ट्रयाक बनाउने क्रममा सरकारले विकासका नाममा रहेको जग्गाजमिन कब्जा गरेको भन्दै विरोध गर्दै आएका छन् ।


झडपमा स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि भएको झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ ।

सरकारले  पछिल्लो समय अधिग्रहण गरेको थियो र त्यो जमिनमा खनजोत पनि नगर्नु भनेको थियो । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् । त्यसको विरोध गर्दै आएका स्थानीय आज भने खोकनाको फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।













 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर