Advertisement
☰

त्रिशुलीमा जीप खस्दा हराएकामध्ये २ जनाको शव फेला

न्युजडेस्क
२०७७ मंसिर ११, बिहीबार ११:२६

काठमाण्डाै – चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेकाे नाग्दी खोला नजिक त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।

चालक सूर्य केसी र जमुना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जमुना रोकाकी १५ वर्षकी छोरी जेनिशा रोकाको भने खोजी भैरहेको चितवन प्रहरीका प्रवक्ता एवं डीएसपी सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

जीपमा रहेका जमुनाका श्रीमान् मुकुन्द बहादुर रोका भने पौडी खेलेर बाँच्न सफल हुनुभएको छ । मुकुन्दको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । प्युठानबाट बिरामी जेनिशालाई लिएर काठमाण्डाैका लागि छुटेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट झण्डै ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर