Advertisement

बर्दिबास: बालिका घटना संसदीय टोली पीडितको घर पुगे

न्युजडेस्क
२०७७ मंसिर ११, बिहीबार १८:३६

बर्दिबासमा बालिका हत्याको विषयको विवाद अझैसम्म साम्य भएको छैन । बालिकाको हत्याको छानबिन माग गर्दै भएको प्रदर्शनमा सहभागी युवकको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको छ । 

घटनाको विषयको सत्यतथ्य छानबिनका लागि बिहीबार दिउँसो प्रदेश २ प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्यायिक समिति सभापति जैनुल राइनसहितको संसदीय टोली पीडितको घरमा पुगेको छ । 

सभापति राइनसँगै पदेशसभा सदस्य करिमा बेगम, शारदा थापालगायत सदस्य पीडितको परिवारसँग भेट गर्न पुगेका हुन् । बालिकाको हत्या घटनाको विषयमा छलफल गर्न शुक्रबार समिति बैठक बस्दैछ । 

आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव सोमबार मध्यराति फेला परेको थियो । 

बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास-१ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान  गएको थियो ।

मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई बर्दिबास नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । पीडित परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो ।

बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु  भएका परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने बताएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर