Advertisement
☰

सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयाे

न्युजडेस्क
२०७७ मंसिर १७, बुधबार १३:४६

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएकाे छ ।

घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी  २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएकाे इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

मृतकको शव राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर