Advertisement

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको सिठ्ठी जुलुस

न्युजडेस्क
२०७७ माघ १३, मंगलवार १७:०७

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ ।

केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । 

लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्टे हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर