मृगौला रोगबाट मृत्यु भएका जनकपुरका फरमान अन्सारीको परिवारलाई युवाहरुको एक संस्थाले आर्थिक सहयोग गरेको छ ।
रहीम युथ सोसाइटीले फरमानकी छोरी आफरिन खातुनलाई अध्ययन तथा उज्जवल भविष्यकालागि भन्दै सोसाइटीले १ लाख ४१ हजार रुपैँया सहयोग गरेको हो ।
आउने दिनमा पनि गरिब तथा विपन्नहरुलाई सहयोग गर्ने हाम्रो लक्ष्य रहेको खानले बताए । उनले भने ‘हामी जात धर्म नदेखेर अति आवश्यक रहेको जो कोही धर्म वा जातका व्यक्तिलाई सहयोग गर्न तत्पर छौँ । आफरिनको शिक्षाका लागि समेत हाम्रो संस्थाले पहल गर्ने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा सोसाईटीका उपाध्यक्ष नौसाद खाँले अगामी दिनमा संस्थाले अन्य समाजिक कार्यहरुको सहभागि हुने बताए । कम समयमै संस्थाले विभिन्न समाजिक कार्यहरुमा सक्रियता देखाएको उनले बताए ।
वैदेशिक रोजगारका क्रममा दोहा कत्तारमा रहेका जनकपुरसहित यस क्षेत्रका मुस्लिम युवाहरुले कत्तारमा पनि रहिम युथ सोसाईटीका नामले संगठन खोलेका छन् । विदेशी भुमिमा बसेरपनि उनीहरुले आफ्नो देश समाजका विपन्न वर्गलाई सहयोग पुर्याउने उदेश्यले विभिन्न समाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्