सप्तरी – सप्तरीमा विषालु सर्पले टोकेपछि दिदी–भाईको मृत्यू भएको छ । खडक नगरपालिका वडा नम्बर २ सिसबा बेल्ही टोलमा यो घटना घटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय १४ बर्षीया सुनीता मण्डल र उनकै ९ बर्षीय भाई कृष्ण मण्डलको मृत्यु भएको हो । उनी दुबै जना राति घरमै सुतेका थिए । सोही बेला सर्पले टोकेको बताइएको छ । सिरहाको लहानस्थ्ति रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचारको क्रममा मुत्यू भएको छ । यस्तै राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा कृष्णको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । कुन सर्प टोकेको थियो भन्ने विषयमा केहि खुलेका छैन ।
गर्मी याम सुरु भएपछि तराई मधेसका जिल्लामा सर्पको बिगबिगी बढ्छ । हरेक वर्ष सयौं मानिसको सर्पको टोकाइबाट ज्यान जाने गरेको छ । सबै अस्पतालमा पनि सर्पले टोकेको व्यक्तिको उपचार नहुने गरेकाले पनि समस्या हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्