Advertisement

अपांङ्ग भएको व्यत्तिहरूलाई सेवासुविधामा कमिहुदैन : मेयर साह

न्युजडेस्क
२०७९ भाद्र २१, मंगलवार ०८:२०

महेश सिंह सिरहा लहान २० भदौ – दलित विकास मञ्च सिरहाकाे अायाेजना कल्याणपुर नगरपालिकाकाे सहकार्य र सि.वि.एम.ग्लाेबलकाे साझेदारीमा सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकामा सञ्चालित सवैकाे लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारकाे कमि अाउन नदिने प्रतिबद्धता जाहेर गरेका छन।

कार्यक्रमकाे प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन।मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन।

मेयर साहले अपांग समुदायको सक्षम तथा अात्मनिभर्र बनाउने याेजना र बजेट समेत विनियोजन गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन।कल्याणपुर नगरपालिकाकाे वडा नम्बर १देखि १२ वटा वडामा कार्यक्रम सञ्चालन गरिने दलित विकास मञ्च सिरहाका कार्यक्रम संयाेजक जितेन्द्र रायले बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादबकाे समेत सहभागी रहेकाे थियो । कार्यक्रममा कल्याणपुर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत काे समेत सहभागीता रहेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिहाका सचिवले स्वागत मन्तव्य राखनु भएको थियाे।

कार्यक्रममा सि.वि.एम.ग्लाेवलका विमल पाैडेलकाे समेत सहभागीता रहेकाे थियो ।कार्यक्रम संचालन संस्थाका फिल्ड सुपरभाइजर रविन महराले गरेकाे थियाे।कार्यक्रमकाे अध्यक्षता दलित विकास मञ्च सिरहाकाे अध्यक्ष रूणा कुमारी महराले गरेकि थिईन।

कार्यक्रम सवैवडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कल्याणपुर नगरपालिका काे शाखा प्रमुख र विभिन्न संचार कर्मिहरूकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर