Advertisement
☰

पाँच लाख दिएर बलात्कारकाे घटना मिलापत्र गराउने ६ जना पक्राउ

न्युजडेस्क
२०७७ मंसिर २६, शुक्रबार १६:२८

मोरङ – मोरङमा बलात्कारमा परेकी युवती पक्षलाई पाँच लाख रुपैयाँ दिएर घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् ।

गएको भदौमा धनपालथान गाउँपालिका ५ मा खेतमा मल छरिरहेकी २१ वर्षीया युवतीमाथि बेलबारी नगरपालिका ८ का सुरेशकुमार खवासले बलात्कार गरेर भागेका थिए । घटनापछि पीडित युवतीका परिवारलाई पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराइएको थियो ।

मिलापत्र गराउने धनपालथान गाउँपालिकाका धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, जगतनारायण खवास र बेलबारी नगरपालिकाका मथालु खवासलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बलात्कार गरेर फरार रहेका सुरेशकुमार खवास मङ्सिर १९ गते पक्राउ परेपछि घटना मिलापत्र भएको खुलेको प्रहरीले जनाएको छ ।

मिलापत्र गराएको कागजातसमेत बरामद गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर