• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रधानमन्त्रीको ठाउँमा म भएको भए राजीनामा दिन्थें, पार्टीभित्र अल्पमतमा परेपछि राजीनामा दिनुपर्छ : वामदेव गौतम

२०७७ पुष २३, बिहीबार १८:२७

काठमाडौं, २३ पुष । राष्ट्रिय सभा सदस्य तथा नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू अझै पार्टी एकताका लागि प्रयासरत रहेको बताउनुभएकाे छ । राष्ट्रियसभा दोस्रो हिउँदे अधिवेशनमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताउनुभएकाे हाे ।

गौतमले एकता अपरिहार्य रहेको पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एक्लै एकताको माहोल बनाउन सकिन्नँ कि भनेर म संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु । र मलाई लाग्छ- पार्टीको बीचमा एकता अपरिहार्य छ ।’

गौतमले अहिले विभाजित रहेको पार्टीमा आफू कुनै पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे, ‘आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ। म कुनै पनि समूहमा छैन। मैले विचार गरें- तीन वर्षमै विभाजन गर्नु थियो भने किन एकता गरेको ?’

गौतमले प्रधानमन्त्री ओलीको कार्यशैलीको कारणले पार्टी एकता संकटमा पुगेको पनि बताए । उहाँले भन्नुभयाे, ‘नेकपा विभाजित छ, कुनै औचित्य देख्दिनँ । पार्टी सचिवालयको नाताले धेरै कुरा उठाएँ, नेताहरूको कार्यशैलीमाथि पनि प्रश्न उठाएँ । तर, सुधार भएन, आफू विरोधीजस्तो मात्रै भएँ । अविश्वासको प्रस्तावका बार पनि आफ्नै पार्टीका नेताहरूले ल्याउलान्, सोचेको थिइनँ ।’

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदै गर्दा आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले नसोधेको गैतमले बताउनुभयाे । अविश्वास प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो किसिमको काम होला भनेर मैले सोचेको थिइनँ । र, गएको ८/९ महिनादेखि मैले निरन्तर आलोचना गर्ने समुहभित्र बसेर पनि पार्टी एकतालाई जोगाउनको निम्ति मैले अविश्वसको प्रस्तावलाई असफल गराएकाे थिएँ ,’ उहाँले भन्नुभयाे, ‘तर पुष ५ गते अविश्वासको प्रस्ताव लग्दा मलाई थाहा थिएन ।’

प्रधानमन्त्री ओलीको कारणले पार्टीभित्र पटक-पटक समस्या निम्तिएको र प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको पनि गाैतमले बताउनुभयाे । ‘प्रधानमन्त्रीको म आलोचक हुँ , उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न भए,’ गैतामले भन्नुभयाे, ‘उहाँ मेरो ४३ वर्षदेखिको सहयोद्धा पनि हो, मेरो मित्र पनि हो । र उहाँलाई मैले धेरै पटक सुझाव पनि राखेको छु, यो सुधार्नु पर्छ भनेर । उहाँ दुई पटक प्रधानमन्त्री हुँदा मेरा धेरै सुझावहरु पनि मान्नु भएको छ । तर यसपटक संसद विघटनमा मलाई सोध्नुभएन ।’

प्रधानमन्त्री ओलीले पार्टी एकता जोगाउनका लागि राजीनामा दिनुपर्ने उहाँले बताउनुभयाे । ‘मलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास भयो भने दुर्भाग्य हुन्छ भन्नुभयो । उहाँले पार्टी एकता जोगाउनका लागि राजीनामा दिनुपर्थ्याे । पार्टीभित्र अल्पमतमा परेपछि राजीनामा दिनुपर्छ,’ गाैतमले भन्नुभयाे, ‘कम्युनिस्ट आन्दोलनलाई जोगाउन चाहेको भएमा ओलीले राजीनामा दिनु उचि हुन्थ्याे ।’

उपाध्यक्ष गौतमले आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउनुअघि नै राजीनामा दिने पनि बताउनुभयाे । ‘म प्रधानमन्त्री भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थें,’ उहाँले भन्नुभयाे, ‘त्यसैले मैल समर्थन गरिनँ । असंवैधानिक भनें । अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ ।’

नेता गाैतमले आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै भन्नुभयाे, ‘दुवै पक्षका नेताहरु एक अर्काविरुद्ध खनिएका छन् । म कतैपनि लाग्दिन । पार्टी एकतालाई पुनः जोड्न सक्ने सम्भावनाका साथ लागिरहेको छु ।’

नेकपा राजनीतिक रुपमा विभाजित भएको र कानुनी रुपमा के हुने हाे भन्ने प्रतीक्षाको विषय रहेको उहाँले बताउनुभयाे । ‘अदालतमा ऋषि कट्टेलले मुद्दामा जिते भने के होला ? एउटा पक्ष नेकपा एमाले र अर्को पक्ष नेकपा माओवादी हुने होला,’ गाैतमले भन्नुभयाे ।

पार्टीमा संघर्ष र अन्तरसंघर्ष स्वाभाविक भएको गौतमकाे भनाइ थियाे । उहाँले देखा परेका समस्यालाई सही ढंगले निकास दिने नेता हुने बताउनुभयाे । उहाँले दुइवटा पक्षका नेताहरु नै समाजवादी सभ्यता निर्माण गर्छौं भन्नेहरुलाई नै लाज लाग्नेगरी उत्रिएको भन्दै आलोचना गर्नुभयाे ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us