• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सेनाका पृतनाहरुबाट ऐतिहासिक गढी/किल्ला, युद्धस्थल र पदमार्गहरुको संरक्षण अभियान

१ पुष २०७७, बुधबार

काठमाडाैं । नेपालमा रहेका ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको बारेमा अध्ययन, अनुसन्धान तथा तिनीहरुको संरक्षणका लागि नेपाली सेनाले सम्बद्ध पक्षहरुसंग छलफल, समन्वय एवं सहकार्य गर्दै आएको जनाएकाे छ । यो कार्य प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन अनुसार स्थानीय निकायको समन्वयमा त्यहाँ तैनाथ नेपाली सेनाका पृतना, वाहिनी, गण र गुल्मले विभिन्न तवरबाट सम्पादन गर्दै आएका छन । कोभिड १९ महामारीका कारण केही प्रभावित भएता पनि यस कार्यलाई सम्पन्न गर्न नेपाली सेनाका सम्बद्ध निकायहरुबाट विभिन्न प्रयासहरु भईरहेकाे नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

यसै पृष्ठभूमिमा नेपाली सेनाले गत वर्षदेखि नै विभिन्न कार्यहरु थालेको थियो । यस विषयमा छलफल, अन्तरक्रियामार्फत बुझाईमा एकरुपताको लागि २०७६ भाद्र १२ र १३ गते नेपाली सेनाका फर्मेशन, युनिटहरु र पर्यटन बोर्डका पदाधिकारीहरु तथा विज्ञहरु सम्मिलित गराई सेमिनार सम्पन्‍न गरेको थियो। त्यसै गरी २०७६ पौष २ गते नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरु सम्मिलित बृहत सेमिनारमा तयारी सम्बन्धी छलफल गरेर २०७६ माघ २, ३ र ५ गते सबै सरकारी एव गैरसरकारी निकायहरुको सहभागितामा एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार सम्पन्‍न भइ नेपाल सरकारमा वजेट तथा सैद्धान्तिक प्रस्तावहरु पठाइएको जानकारी पनि नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएकाे छ ।

यसरी प्रस्तुत प्रस्ताव र स्वीकृति पश्चात नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा निम्न अनुसारको कार्यक्रमहरु सफलतापूर्वक सम्‍पन्‍न गरि प्रतिवेदनहरु हस्तान्तरण गरिएको जानकारी दिंदै विभिन्न कार्यहरुको शुरुवात पनि भएको सेनाले बताएकाे छ ।

(क) नेपालको ऐतिहासिक एवं एकीकरण अभियानमा प्रयोग भएका गढी/किल्ला र युद्धस्थलहरुको स्थलगत भ्रमण पश्चात महत्वपूर्ण तथ्यहरु समावेश गरि सोको प्रो-फाईल तयार गरेकाे छ ।

(ख) नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखादेखि काठमाडौँ सम्मको ऐतिहासिक पद मार्गको संभाव्यता अध्ययन प्रतिवेदन तयार गरेकाे छ ।

(ग) बृहत्तर सिन्धुलीगढी पर्यटकीय क्षेत्र विकास गुरुयोजनाको प्रतिवेदन तयार गरेकाे छ ।

यस क्रममा गोरखादेखि काठमाण्डौसम्म एकीकरणको दौरान प्रयोग भएको मार्गमा नेपाली सेनाका प्रथम ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सवुज) को झण्डा समावेश गरी टर्च सहित एकीकरण पदयात्रा सम्पन्न गरिएको थियो भने सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अगाडि बढाइएको थियो । त्यसै गरी काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित शारदाकोटमा पृथ्वी गढी भ्यू प्वाईन्ट निर्माण कार्य तथा वलभद्र कुँवर पार्क निर्माण सम्पन्‍न गरीएको एवं पाल्पा दरबार सैनिक संग्रहालयमा ऐतिहासिक शस्त्र-अस्त्र कक्षको निर्माण कार्य सम्पन्‍न गरेको तथा बारा जिल्लामा एकीकरण स्मृति उद्यान निर्माण कार्य शुरु गरेको थियो ।

यो वर्ष पनि नेपाली सेनाले यस सम्बन्धी विविध विषयहरुलाई स्वास्थ्य सुरक्षाको ख्याल राख्दै अघि बढाइ रहेको छ । यस कार्यको लागि चालु आ.व.मा रु.४ करोड ९९ लाख ६९ हजार विनियोजन भएकोमा सो बाट निम्न १२ वटा कार्यक्रमहरु संचालन गर्न मिलाइएको नेपाली सेनाले जानकारी दिएकाे छ । उक्त कार्यक्रमहरु नक्सा तथा लगत स्टिमेट तयार भई वोलपत्र लगायत खरिद प्रकियाका कार्यहरु कार्यक्रम संचालन गर्ने नेपाली सेनाका स्थान विशेषका युनिटबाट शुरु भएको बताएकाे छ ।

(क) धनकुटा जिल्ला स्थित साघुँरी गढी मर्मत
(ख) सिन्धुली जिल्ला स्थित सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणको निरन्तरता (आ.व. २०७६/७७ को बाँकी काम पुरा गर्न)
(ग) सिन्धुपाल्चोक जिल्ला स्थित दुगुना गढीमा भौतिक संरचना निर्माण
(घ) रौतहट जिल्ला स्थित लडैया समनपुर स्तरोन्नती र स्मारक तथा स्तम्भ निर्माण
(ङ) नुवाकोट जिल्ला स्थित पृथ्वीनारायण शाहको देहावशान/शालिक रहेको तथा दाहसंस्कार गरेको स्थान संरक्षण तिनधारे धारा मरामत साथै संरक्षण
(च) धादिङ्ग जिल्ला स्थित धुनिबेसी न.पा. वडा नं.४ स्थित पुरानो कोट परिसरमा यात्रु प्रतिक्षालय र शौचालय निर्माण
(छ) बारा जिल्ला स्थित ऐतिहासिक जीतगढी पुनर्निर्माण
(ज) दाङ्ग जिल्ला स्थित छिल्लीकोट इलाकामा शेड घर तथा शौचालय निर्माण
(झ) सुर्खेत जिल्लास्थित बयलकाँडा गढी मर्मत
(ञ) वैतडी जिल्ला स्थित “शर्माली गढी” स्तरोन्नति
(ट) काठमाडौं जिल्ला स्थित दहचोक गढी स्तरोन्नति
(ठ) काठमाडौं जिल्ला छाउनी स्थित सैनिक संग्रहालय स्तरोन्नति

यसै सिलसिलामा नेपाली सेनाका विभिन्न पृतनाहरुले हालसालै निम्न अनुसारको मिति र स्थानहरुमा सेमिनार, गोष्ठी तथा समन्वयात्मक कार्यहरु सम्पादन गरेको जानकारी दिएकाे छ :

(क) २०७७/०८/१४ गते नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काको प्रमुख आतिथ्यतामा बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय पदाधिकारी एवं प्रतिनिधिहरु, तीनवटै जिल्लाका स्थानीय बुद्धिजीबी तथा पत्रकारहरु लगायत नं. २८ बाहिनी अड्डा अन्तरगत बारा, पर्सा र रौतहट जिल्लामा तैनाथ गणका गणपति एवं अधिकृतहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

(ख) २०७७/०८/१९ गते नं.२५ वाहिनी अड्डाका बाहिनीपति स.र. कृष्ण बहादुर जि.सी.को पहलतामा डडेलधुरा, कञ्चनपुर र बैतडी जिल्लाहरुको सरोकारवाला निकायका पदाधिकारीहरु सहितको सहभागितामा ऐतिहासिक गढी तथा किल्लाहरुको इतिहास जगेर्ना गर्ने सम्बन्धमा अन्तरक्रिया तथा सेमिनार कार्यक्रम सम्पन्न भएको थियो ।

(ग) २०७७/०८/२६ गते नं. २ प्रदेशका मुख्य मन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा धनुषास्थित श्रीनाथ गणमा जटही पदमार्ग (क्याप्टेन किनलक) सम्बन्धी पृतना स्तरीय अन्तरक्रिया कार्यक्रम २०७७ सम्पन्न भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नं. २ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिका नगरप्रमुख, पृतनापति, प्रदेश स्तरीय प्रतिनिधिहरु, धनुषा, सिराहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नं. ९, २७ र २६ बाहिनी अड्डाका बाहिनीपतिहरु, ईतिहासविद्हरु, सिन्धुली, सिरहा, सप्तरी, महोत्तरी जिल्लाका गणपतिहरु, धनुषा जिल्लाका पत्रकारहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको जानकारी पनि सेनाले दिएकाे छ ।

(घ) २०७७/०८/२९ गते मध्यपूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोकस्थित गोरख बक्स गण, चौतारामा नं.२६ बाहिनी अड्डा अन्तर्गत सिन्धुपाल्चोक, काभ्रे र दोलखा जिल्लाहरुमा रहेका ऐतिहासिक पदमार्ग, गढी, युद्धस्थल र किल्लाहरु संरक्षण तथा सम्बर्द्धन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सबै पृतना हे.क्वा.हरु अन्तर्गतका बाहिनी अड्डा तथा युनिटहरुमा संचालन भएका यस प्रकारका अन्तरक्रिया तथा छलफल कार्यक्रमले नेपाल एकीकरणको दौरान प्रयोग भएका ऐतिहासिक पदमार्ग, युद्धस्थल, गढी तथा किल्लाहरुको पुनःनिर्माण संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धनको लागि सबैको ऐक्यबद्धता तथा सहयोग प्राप्त हुने बिश्वास पनि नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खवर

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना
प्रदेश विशेष

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

1 day पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट
प्रदेश विशेष

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास
प्रदेश विशेष

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
प्रदेश विशेष

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव
प्रदेश विशेष

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले
समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत
प्रदेश विशेष

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

3 weeks पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

1 day पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech