Advertisement
☰

चोरी भएको ४ घण्टामै मोटरसाइकलसहित चोर पक्राउ

न्युजडेस्क
२०७७ पुष १, बुधबार ११:१०

कैलाली । प्रहरीले चोरी भएको चार घण्टामै मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको जानकारी प्राप्त हुनासाथ खोजतलासमा जुटेको प्रहरीले विस्टलाई उक्त मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नि. प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार करिब ५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट पहलमानपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित विस्टलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर