महेश सिंह सिरहा लहान ६ पुष – सिरहाको लहानमा सुबिधा सम्पन्न श्रेया बाल रोग तथा स्त्रीरोग विशेषज्ञ किलनीकको उदघाटन भएको छ।
लहान नगरपालिका वडा नम्बर ३ अस्पताल चौकमा किल्निकको उदघाटन भएको छ । लहान नगरपालिका वडा नम्बर ३ का वडा सदस्य राजा राम महतो ले रिवन काटेर उदघाटन गरेका छन । लहान अस्पतालमा लामो समय सम्म प्रमुख डाक्टरको जिम्मेवारी निर्वाह गरेका मेडिकल सुपरिटेन्डेन्ट तथा चर्चित बालरोग विशेषज्ञ डाक्टर शुनिल प्रसाद कुशवाहा र महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह को निजि लगानीमा संचालनमा आएको छ।बच्चाको विभिन्न रोग सम्बन्धि सहि र सुल्भ दरमा उपचार हुने भएको छ ।
लहानमा महिला र बच्चाहरुको लागि राम्रो चेक जाच संगै बिस्वासिलो भिडियो x – ray गरीनुका साथै ल्याबको दक्ष अनुभबि स्वास्थकर्मि द्धारा सेवा दिने गरेको छ । साथै सप्तरी जिल्लाको कुशहा श्रीपुरमा उतिमलाल मेमोरीयल अस्पताल संचालनमा रहेको छ भने लहानको अस्पताल चौकमा श्रेया पोलिकिल्निक समेत संचालनमा रहेको छ।अस्पतालको आफनै एम्बुलेन्सको समेत ब्यबस्था रहेको अस्पताल संचालीका डाक्टर सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्