प्रदेश न २ को कृषि मन्त्री साह द्वारा स्थलगत अनुगमन गर्दै सोही क्रममा धनुषा जिल्लाको धनुषधाम न.पा वडा नं. ९ धारापानी मा रहेको लाइभ स्टक कृषिफार्मको प्रदेश नं. २ भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रि शैलेन्द्र प्रसाद साह द्धारा स्थलगत अनुगमन गर्नु भएका छन ।
कोरोना कहरको विच पनि युवाहरुलाई प्रोत्साहन गर्न अनेक अवरोधका विच पनि वहाँको यसकिसिमको अनुगमनले प्रदेश २ का किसानहरु उत्साहित देखिन्छन ।

मन्त्री साहले अनुगमनको क्रममा उक्त फार्मका संचालक राम ललीत साहले हार्डवेयर व्यवसायी वाट कृषि पेशा लाई प्रमुख वनाउनु भएकोमा वधाई दिदै भैंसि पालनलाई प्रमुखताका साथ अगाडी वढाउन आग्रह गर्नु भयो । भैंसिलाई बल्याक गोल्डको रुपमा प्रदेश सरकारले हेरेको समेत चर्चा गर्नुभयो ।
अनुगमन गर्दै उक्त फार्मको संचालकले आन्तरीक र वाह््य चुनौतिहरुको समेत मन्त्रि साहलाई जानकारि गराउनु भएको थियो । मन्त्रिसाहले हामि यस किसिमको व्यवसायिहरुलाई प्रदेश सरकार भुमि व्यवस्था कृषितथा सहकारि मन्त्रालयवाट आवश्यक सहयो गरिरहेको र गर्ने समेत आश्वासन दिनुभएको थियो ।
उक्त फार्म अनुगमन पश्चात सोहि वडामा रहेको अनुकुल वचत तथा ऋण सहकारि संस्थाको पनि अनुगमन गर्नु भई सहकारिलाई व्यापक वनाई स्थानीयहरुलाई विशेष प्रथमिकता दिन सुझाव दिनुभएको थियो सहकारि अनसुगमनमा सहकारि वैक का अध्यक्ष ध्रुव नारायण यादव समेत संलग्न रहनुभएको थियो ।
यसरी अनुगमन गरिदिनु भएकोमा व्यवसायि तथा सहकारि संचालकहरुले मन्त्रिसाहको प्रशंसा गर्दै प्रदेश सरकारको सिमित स्रोत साधनको वावजुद मन्सिाहले यस प्रदेशका किसानलाई ज्यादैनै प्रोतसाहन गुर्नभएकोमा मन्त्रि सालाई हार्दिक आभार प्रकट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्