पुस २३, जनकपुधाम।
गुणस्तरीय प्राविधिक शिक्षामा सवैको पहुँच तथा अध्यन गर्ने गरि शुल्कमा एकरुपता ल्याउने कुरा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले वताउनुभएको छ।
यहिलेको युग प्राविधिक युग भएकोले प्राविधिक शिक्षा अध्यनमा सवैले पढ्न सकिने गरि शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद प्रदेश न. २ द्वारा जनकपुरको मसला कटेजमा अायोजित अांगिक,साझेदारी ,सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) विद्यालय तथा निजी स्तरमा संचालित शिक्षण संस्थाहरूसंग शुल्क निर्धारण तथा पुर्वाधार सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री साहले उक्त कुरा राखेका छन।
परिषदका निर्देशक नागेन्द्र साहको अध्यक्ष्ातामा समपन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय जनकपुरधामका सचिव कृष्ण प्रसाद काप्री, जनकपुधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतका सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस्