Advertisement

चेकिङमा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको घटना छानबिन गर्न समिति

न्युजडेस्क
२०८१ माघ ७, सोमबार १३:२२

चितवन। सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ ।

दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताए । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर