Advertisement
☰

आज अध्यक्ष दाहाल स्वदेश फिर्ता

न्युजडेस्क
२०७७ पुष २५, शनिबार १९:०३

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कनुभएको छ ।

पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई जानुभएका अध्यक्ष दाहाल आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

उहाँले पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर