काठमाण्डाै – नेपाली कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायतलाई कोरोना भाइरसको सङ्क्रमण देखिएकोले बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । साथै पार्टीकाे कार्यालय असाेज २२ गतेसम्म बन्द गरिएकाे छ ।
स्वास्थ्य मापदण्डलाई ध्यान दिएर सोमबारको बैठक स्थगित गरी आउँदो आइतबारका लागि बोलाइएको पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्