• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ओलीकाे अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेकाे जी-न्यूजले भन्याे: सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ

२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । भारतीय पत्रकार सुधीर चौधरीले सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रम मार्फत उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् ।

बेसक्याम्पमा पुगेर उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’

उनले सगरमाथामाकाे नाम अग्रेजहरुले माउन्ट एभरेस्ट राखे पनि बताएका छन् । तर सगरमाथामाकाे नाम राधानाथ सिकदरको नामबाट हुनुपर्ने उनले बताउका छन् । चौधरीले सगरमाथाको नामाकरण गर्न समेत भ्याए । राधानाथ सिकदरले नै पहिलो पटक नाप लिएको दावी गर्दै उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्ने समेत बताए।

‘त्यतिबेला अंग्रेजहरुको शासन थियो, र यहाँ काम गर्ने अग्रेजहरुले नै यसको नाम माउन्ट एभरेस्ट राखे, एन्ड्रु स्कट वले यसको नामाकरण गरेका हुन्, आज हामी यो भन्न चाहन्छौँ कि यो हिमालको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्थ्यो, र राधानाथ सिकदरको नाममा नै हुनुपर्छ । र, भारतलाई यसको लागि एक अभियान चलाउन आवश्यक छ र हामीलाई पनि माउन्ट एभरेस्टमा आफ्नो दावी पेश गर्न आवश्यक छ सारा संसारको सामु’, उनले भनेका छन्, ‘आज म यहाँ राधानाथ सिकदरलाई याद गरिरहेको छु, कि सिकदरले यो हिमालको पहिलो पटक नाप लिए। त्यत्रो ठूलो काम गरे उनले र हामीलाई यस्तो लाग्छ कि यो माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ।’

उनले जी न्युज सगरमाथाकाे नाम फेर्ने अभियान लागेकाे समेत बताए । ‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ,’ उनले भनेका छन्, ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको प्रधानसम्पादक चाैधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएर सगरमाथा पुगेका हुन् । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेका हुन् ।

पटक-पटक नेपालका बारेमा विवादित सामग्री

जी न्युजले पटक-पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम चाैधरीले नै सञ्चालन गरेका थिए ।

गत असारमा प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेकाे थियाे । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्टमा चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको थियाे ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको थियाे, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको थियाे । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको थियाे ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको थियाे । त्यसपछि केही समयकाे लागि असार २६ गते नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको थियाे।

सम्बन्धित खवर

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग
प्रदेश विशेष

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

20 hours पहिले
खानेपानीमन्त्री खानले दिए राजीनामा
प्रदेश विशेष

खानेपानीमन्त्री खानले दिए राजीनामा

22 hours पहिले
शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री
प्रदेश विशेष

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

22 hours पहिले
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
प्रदेश विशेष

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

22 hours पहिले
राम नवमीको अवसरमा वुक्षारोपन
प्रदेश विशेष

राम नवमीको अवसरमा वुक्षारोपन

2 days पहिले
मुख्यमन्त्री पुनः आकस्मिक अनुगमनमा, लापरबाही सह्य हुँदैन्ः मुख्यमन्त्री यादव
प्रदेश विशेष

मुख्यमन्त्री पुनः आकस्मिक अनुगमनमा, लापरबाही सह्य हुँदैन्ः मुख्यमन्त्री यादव

3 days पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

20 hours पहिले
खानेपानीमन्त्री खानले दिए राजीनामा

खानेपानीमन्त्री खानले दिए राजीनामा

22 hours पहिले
शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

22 hours पहिले
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

22 hours पहिले
राम नवमीको अवसरमा वुक्षारोपन

राम नवमीको अवसरमा वुक्षारोपन

2 days पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech