Advertisement

नेपाली काँग्रेस परवानीपुर गाउपालिका कमिटी द्वारा दशै-दिपावली तथा छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम सफलता पूर्वक सम्पन्न।

न्युजडेस्क
२०७७ कार्तिक १४, शुक्रबार २०:११

परवानीपुर बारा,

नेपाली कांग्रेस परवानीपुर गाउपालीका कमिटी ले परवानीपुर स्थित बि . एस. पार्टि प्यालेस मा दशै दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै दशै-दिपावली तथा छठ पर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा बारा ४ नं क्षेत्रका क्षेत्रीय सभापति सुनिल गुप्ता, परवानीपुर गा. पा. मेयर पदका उम्मेदवार लालबाबू प्र. यादव, बारा जिल्ला तरुन दलका अध्यक्ष लोकेश सिंह, क्षेत्र न. ४ ‘ख’ का बिधायक पदका प्रत्याशि उमेदवार बिजय गुप्ता, महाधिवेशन प्रतिनिधि जगदीश साह कानु र परवानीपुर गाउपालिका सभापति पुन्यदेव प्र. यादव लगायतका बरिष्ठ नेता गणका उपस्थिति थियो।

उक्त कार्यक्रम गा. पा. सभापति पुण्यदेव प्र. यादव को नेतृत्व मा सम्पन्न भयो जसमा हजारौ पार्टी कार्यकर्ता तथा नेतागण को सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर