महेश सिंह सिरहा लहान २ माघ – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –१ मा पाँच बेडको अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चौकीको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने र गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्यमा बिधिवत रुपमा अस्पतालको उदघाटन भएका छन् ।
जग्गादाता साहले नेपाल सरकारबाट आब २०७६/७७ मा पिप्रा स्वास्थ्यचौकी लाई १५ बेडको प्राथमिक अस्पतालको लागि सुचिकृत गरेको थियो । सो अस्पताल निर्माण गर्न १४ बर्ष अगाडी स्थानीय विन्देश्वर साह हलुवाईले ७ कठ्ठा जग्गा दान गरेको थियो ।
एक पालिकामा एक अस्पताल बनाउने सरकारको लक्ष्य छ ,गाउँपालिकाबाट कर्मचारी ब्यबस्थापन गर्न हामी लागि परेका छौ , उनले थपे सरकारको मापदण्डमा परेको खण्डमा सो भवन स्वास्थ्य चैकीबाट अस्पताल बनाउन गाउँपालिकाले कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष साहले बताए । जग्गादान गरेर स्थानीय विन्देश्वर साहले प्रसंशनिय काम गरेको छ, उहाँलाई पुस्तै पुस्ताले सम्झिरहने छ र पालिकाले पनि सदैव सम्मान गर्ने अध्यक्ष साहको भनाई रहेको थियो ।
उदघाटन समाहरोहमा बोल्दै जसपाका केन्द्रिय सदस्य राजु गुप्ताले कोरोना अस्थायी अस्पताल र स्वास्थय चौकी भवनको संयुक्त रुपमा उदघाटनले यस भेगका स्थानीय जनताका लागि गाउँपालिकाले महत्वपूर्ण काम गरेको बताए । जग्गादाताले करोडौंको जग्गादान गरेर सराहनिय र महत्वपूर्ण काम गरेको उनले प्रसंसा गरेका थिए ।
जग्गादाता साह र गाउँपालिकाको अस्पताल बनाउने सपना रहेपनी अस्पतालका लागि थप साढे सात कठ्ठा जग्गा चाहिएको हुँदा अस्पताल बन्न नसकेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए । दर्ता गर्दा उक्त भवन स्वास्थ्य चौकीको नामले दर्ता भएको छ साथै जग्गा अपुग भएकोले अस्पताल बन्न नसकेको अध्यक्ष साहले भने ।
वडा नम्बर ६ का वडा अध्यक्ष राजेश्वर साह सुडि , २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवार , ५ का वडा अध्यक्ष देवकुमार यादव , नेकपाका नेता बिरेन्द्रकुमार साह , समाजसेवी अशोक मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
उदघाटन कार्यक्रममा हेलो मिथिला संस्कृतिक समूह जनकपुरधामका कलाकारको एक टिमले मैथिली कला, संस्कृती भल्किने खालका प्रतिभा प्रस्तुत गरेका थिए । गायक एवम व्यवस्थापक नवीन कुमार मिश्र , पुनम शर्मा लगायतका टोलिहरुले मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सिअहेव ९ अधिकृत अनिल कुमार साहले उदघोष गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकासंले अस्पतालका लागि चिया बेचेरै करोडौको जग्गादान गर्ने विन्देश्वर साह हलुवाईको प्रसंशा र सम्मान गरेका थिए । स्वास्थ्य संस्था जिवनदान दिने संस्था हो भन्दै वक्ताहरुले जग्गादान गरेर उहाँले समाजमा महत्त्वपूर्ण एतिहासिक कार्य गरेको बताएका थिए । यता जग्गा दाता साहको उक्त कार्यक्रममा उपस्तिथिती थिएन ।
प्रतिक्रिया दिनुहोस्