Advertisement

छिन्नमस्ता अस्पतालद्वारा सप्तकोसी नगरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

न्युजडेस्क
२०७७ माघ ४, आईतवार १८:२४

नबिन कुमार यादव
पुस-४ गते आइतबार

राजविराज
छिन्नमस्ता अस्पताल राजविराजले छैठौं चरणको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

लायन्स क्लब राजविराज र सो अस्पतालको प्रमुख आयोजना तथा उक्त गापा वडा न.-१० को सहकार्यमा सप्तरीको सप्तकोसी नगरपालिका वडा न.-१० भगनी मलेठ स्थित जनता माध्यमिक बिद्यालयमा हिजो नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न गरेको हो।

त्यस्ते गरि वडा नं १०को वडा अध्यक्ष उचित चौधरीको अध्यक्ष्यता र प्रमुख अतिथी पुर्व खेलकुद मन्त्रि सत्यनारायण मंडल,नगर प्रमुख उतम शर्मा ,नगर उप प्रमुख आशा चौधरी र प्रधानाध्यापक रामदेव चौधरी रहेको अस्पतालको संयोजकले बताए ।

उक्त एक दिने स्वास्थ्य शिविरमा छिन्नमस्ता अस्पतालका बाल रोगको बिशेषज्ञ डाक्टर राजन जैसवाल ( एमेस होस्पिटल दिल्ली बाट) , डाक्टर इन्द्र भुषन मंडल (फिजिथेरापिष्ट), डाक्टर रूपैश यादव (सर्जन),स्वास्थ्य कर्मी बिमला पसवान, हेमु देब, किरन यादव, नबिन यादब, चांन्दनी यादव,अनिता देव,कुन्जीलाल लगायत छिन्नमस्ता अस्पतालका प्रशासन कार्यालयबाट संतोष यादव सहभागी भएर नि :शुल्क समान्य स्वास्थ्य परिक्षण गरिएको बताए ।

स्वास्थ्य शिविरमा दुई सय ३४ जना मध्ये एक सय १४ जना महिला तथा एक सय २० जना पुरुषको सामान्य स्वास्थ्य परिक्षण गरिएको अस्पताल प्रशासनले बताए

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर