Advertisement
☰

सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा बीचमा बसेकाको मृत्यु, दुई घाइते

न्युजडेस्क
२०७७ माघ १०, शनिबार ११:०६

सप्तरीको बोदेबरसाइन नगरपालिका-२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृत्यु हुनेमा खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरी छन्। उनी मोटरसाइकलको बीचमा बसेका थिए।

विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश न.२-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।

उनका अनुसार दुर्घटनामा चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी घाइते छन्। तिनै जना सख्त घाइते भएकोमा उपचारको युनिक अस्पताल रुपनीमा लगिएकोमा सुदीपको मृत्यु भएको थियो।

घाइते रहेका सनि र दिवेशको दुबैको युनिक अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।

यस्तै, शुक्रबार राति नै  नवलपरासी (पूर्व)कावासोति नगरपालिका-८ खर्कटास्थित जंगलमा ना२२प ६५५५ मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कावासोती-३ का २४ वर्षीय हेमराज थापा र वडा नं. ८ का २६ वर्षीय को सुनिल जैसवाल छन्। सख्त घाइते भएका उनीहरूको मध्यबिन्दु जिल्ला अस्पताल डणडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर