Advertisement

जनकपुर पुलचौक स्थानीय द्वारा चक्का जाम

न्युजडेस्क
२०७८ भाद्र १३, आईतवार १३:०५

जनकपुरको पुलचोक स्थित आज बिहानैदेखि पुलचौक युवा कलब का युवाहरुले चक्काजाम गरेको छ । चक्काजामको कारण सवारी साधन जकथक परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थितको पुलचोकदेखि कोल्डस्टोरसम्मको बाटो अति जीर्ण भएको कारण पैदल आवतजावत गर्न समेत कठिनाई भएको भन्दै स्थानीय युवाहरुले चक्कजाम गरेका छन् ।जनकपुरदेखि शहिदपथ (यदुकूहा) जाने सो बाटोमा पुलचोकको करिब २०० मिटरको बाटोमा सवारी साधन आवतजावत गर्न कठिनाई भएको युवा किसन साहले बताए ।

सडकमा हिलोका साथै खाल्डो र सो खाल्डोमा कम्मरसम्मको पानी जमेपछि मोटरसाईकल, चारचक्केलाई समेत आवतजावत गर्न कठिनाई भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र हुलाकी सडक आयोजनालाई पटक पटक जानकारी गराउँदा समेत निर्माण प्रति कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रेको साहले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर