Advertisement
☰

सर्लाहीको कैडेना कुखुरा फर्ममा आगलागी

न्युजडेस्क
२०७७ माघ १२, सोमबार १८:२१

जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको  छ ।

कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा २ सय खुकुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार आगोलाइ स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर