Advertisement

गाउँपालिकाकी उप–प्रमुखलाई पनि वडामै हराएर बदला लिए

न्युजडेस्क
२०७८ आश्विन ६, बुधबार १८:४१

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी पौडेल पराजित भएकी छिन् ।
सुनकोशी गाउँपालिकाकी उप–प्रमुख पौडेल नराम्रोसँग पराजित भएकी हुन् । कांग्रेस र जनताका लागि राम्रो काम नगरेको आरोप खेप्दै आएकी पौडेललाई कांग्रेसका क्रियाशील सदस्यहरूले हराएर बदला लिएका छन् ।

कांग्रेसका क्रियाशील सदस्यहरूले उप–प्रमुख पौडेलले राम्रो काम गर्न नसकेपछि वडा अधिवशनमा हराएर बदला लिएका हुन् ।
सिन्धुपाल्चोक जिल्लामा नाम चलेका हस्तीहरू वडामै पानी पनि खान नपाइ पराजित भएका छन् । पार्टीको संगठन निर्माणमा राम्रो काम गरेकाहरू निर्वाचित भएका छन् ।गफ लगाएर जनताको काम नगर्ने कांग्रेसका नेताहरू पराजित भएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर