Advertisement
☰

नेपाल टेलिभिजनको उत्कृष्ट जिल्ला सम्वादाता सप्तरीका पत्रकार श्यामसुन्दर यादव सम्मानित

न्युजडेस्क
२०७७ माघ १७, शनिबार २१:२३

नवीन कुमार यादव
माघ -१७

सप्तरी / नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सबको अवसरमा आज उत्कृष्ट जिल्ला संवाददाताको रुपमा सप्तरीको पत्रकार श्यामसुन्दर यादव सम्मानित हुनुभएको छ।

नेपाल टेलिभिजन सिंहदरबार काठमाण्डूद्वारा उत्कृष्ट जिल्ला संवाददाताको रुपमा नगदसहित सम्मान पाउने देशभरीका ६ जना मध्येबाट सप्तरीलाई कार्यक्षेत्र बनाइ पत्रकारिता गर्ने यादव समेत सम्मानित हुनुभएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ ,प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा ,टेलिभिजनको अध्यक्ष डा. महेन्द्र बिष्ट लगायत टेलिभिजन परिवारको सहभागितामा आफू सम्मानित भएको बताउनुभयो।

यसै अवसरमा सम्मानित पत्रकार यादवले कार्यक्रममा उपस्थित सम्पुर्ण लगायत अग्रज, सहकर्मी, शुभेच्छु, शुभचिन्तक, परिजनसहित प्रत्यक्ष एवम् अप्रत्यक्ष एउपमा सहयोग गर्नुहुनेहरुमा पत्रकार यादवले आभार प्रकट समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर