Advertisement

त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु पुरस्कृत

न्युजडेस्क
२०८० फाल्गुन ६, आईतवार १०:२८

जनकपुरधाम। त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका पहिलो देखि तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाई डिस्नेरी,कपी तथा कलम दिएर पुरस्कृत गरिएको छ ।

जनकपुरधाम-१४ मा रहेको इकरा इस्लामिक इंग्लिस स्कुलमा २०८० सालको तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन भएको अवसरमा विविध कार्यक्रम गरिएको छ ।

स्कुलका संस्थापक मो.कलिम राइनको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथिमा जनता समाजवादी पार्टी (जसपा)का संघीय सांसद दीपक कार्की रहेका थिए ।
यस्तै कार्यक्रमका विशेष अतिथि जसपाका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जसपा धनुषा जिल्ला संगठन विभाग प्रमुख शत्रुधन यादव, जसपा धनुषा जिल्ला सदस्य धर्मेन्द्र यादव, सबैला नगरपालिका जसपा नगर अध्यक्ष बैजनाथ राय, स्कुलकी शिक्षिका शबनम खातून, माजिद हाफिजीलगायत थिए । कार्यक्रममा सबै अतिथिलाई गम्छा ओढाएर सम्मान गरिएको थियो भने मायाको चिनो पनि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर