• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

गृहसचिव न्यौपानेको यसरी भयो थमौती

२०७७ फाल्गुन १, शनिबार २०:५९

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरी १० सचिवको सरुवा गरेको छ । शुक्रबार गरिएको सरुवामा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई चलाएको छैन ।

गृहमन्त्रालयका सचिव न्यौपानेको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकनारायण अर्याल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई ल्याउने चर्चा चलेको भए पनि उनी थमौतीमा परेका छन् ।
सरकारले निर्वाचनका लागि डाङडुङ गर्न सक्ने सचिवको खोजी गरेकोमा अर्याल भन्दा पनि गौतमलाई त्यसका लागि उपयुक्त ठानेको थियो । तर सरकार निर्वाचन गर्ने पक्षमा नभएको न्यौपानेलाई नै यथावत राखेपछि प्रष्ट भएको छ, सरकारकै उच्च अधिकारीले सरकार चुनाव गराउने पक्षमा नभएकाले न्यौपाने नै गृहमा थमौती भएका छन् । ती प्रशासकले भने, प्रतिनिधिसभा पुनस्र्थापना हुने संकेत पाएर पनि सरकारले गृहमा भनेको खुरुखुरु मान्ने न्यौपानेलाई नै यथावत राखेको हुनसक्छ ।

वैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरिएको छ । तर निर्वाचन गर्ने पक्षमा सरकार पनि छैन, सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा परेको रिटको टुंगो नलाग्दा पनि चुनाव अन्यौलमा परेको छ ।मन्त्रिपरिषदको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोगमा लगिएको छ । उनी निर्वाचनमा भन्दा पनि उद्योग मन्त्रालयमा सरुवा हुने आशामा थिए । सचिव अधिकारी र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दुवै संखुवासभाका हुन् । थपलिया जुन जुन मन्त्रालयमा सचिव भए, अधिकारीलाई त्यहीँ त्यहीँ सहसचिव बनाएर महत्वपूर्ण शाखाको प्रमुख बनाएका थिए ।
यस्तै श्रम तथा रोजगार मन्त्रालयका सचिव तोयम रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । श्रम मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सूर्यप्रसाद गौतमलाई लगिएको छ । उद्योग सचिवमा प्रदेश नम्बर १ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छ । बाणिज्य सचिव बैकुन्ठ अर्याललाई प्रधानमन्त्री कार्यालयमा पु्र्याइएको छ । लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ ।
सरुवा भएका अन्य सचिवहरुमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा खटाइएको छ । उनी यसअघि पनि शिक्षा मन्त्रालयमा सरुवा भएका थिए । तर तत्कालीन मन्त्री गिरिराजमणि पोेखरेलले उनलाई लिनै नमानेपछि खेलकुदमै बस्न बाध्य हुँदैआएका थिए । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनले सचिव बढुवा भएको लामो समयसम्म मन्त्रालय पाएका थिएनन् । उनी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट डेढ बर्षअघि वित्त आयोगमा सरुवा भई त्यहीँ कार्यरत थिए । उनी सचिवबाट निवृत्त हुन १० महिना मात्र बाँकी छ । १० महिनासम्म उनी भूमिब्यवस्था मन्त्रालयमा टिक्ने हुन् कि होइनन् त्यो भने उनले गर्ने निर्णयबाटै देखिनेछ ।
भूमिब्यवस्था मन्त्रालयमा गिरीबन्धु टी स्टेटदेखि धेरै भूमाफियाका जग्गा सट्टापट्टाका फाइल टुंगो लगाउनुपर्ने भएकाले पनि उनका लागि फलामको च्यूरा सरह छ । ती फाइल मन्त्रिपरिषद पठाउन समेत हिम्मत गर्न सक्ने अवस्था र आँट उनीसँग छैन । ती फाइलको बारेमा बालुवाटारले नै चासो दिएकाले उनले फाइल अगाडि नबढाए बिकल्पमा केदार न्यौपानेहरुको खोजी गरी बालुवाटारले फत्ते गर्नेछ ।
शिक्षा सचिव गोपीनाथ मैनाली पुनः खेदिएका छन् । निर्वाचन आयोगबाट खेदाइमा परेका मैनालीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्पीरीट अनुसार काम गर्न नमानेको र शिक्षक सेवा आयोगको अध्यक्ष सिफारिसमा असहयोग गरेपछि उनी खेदिएका छन् । उनी १ बर्षको बीचमा भूमिब्यवस्था मन्त्रालय, महालेखा नियन्त्रक, शिक्षा मन्त्रालय हुँदै सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगकी देवकुमारी गुरागाई वित्त आयोगमा पुगेकी छन् । भूमिब्यवस्थाका टेकनारायण पाण्डे युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech