Advertisement
☰

सप्तरीमा वडा अध्यक्षको दादागिरीले पठनपाठनमा अबरुद्ध – बिद्यालयमा विवाहको पंडाल

न्युजडेस्क
२०७७ फाल्गुन १०, सोमबार ११:५३

राजविराज/ फाल्गुन १० सप्तरीको राजगढ गाउँपालिकाको कमलपुर बनैनियामा रहेको श्री खुशीलाल जगरनाथ शक्ति अाधारभूत विद्यालयको प्रांगणमा विवाहको टेन्टलगाएपछि २ दिनदेखि पठनपाठन अबरुद्ध भएको छ।
सोही ठाउँका रामकुमार मण्डलले अाफ्नी छोरीको विवाहको लागि शुक्रबार बेलुका टेन्ट लगाएपछि अाईतबार र सोमबार दुई दिन पठनपाठन बन्द भएको हो।
बिद्यालयका प्रधानाध्यापक रविन्द्र यादवले पठनपाठन अबरुद्ध गरेर टेन्ट नबनाउन अाग्रह गरेपनि शुक्रबार राति मण्डलले बिद्यालयको गेटको ताल्चा फुटाइ जवरजस्ति टेन्ट बनाएको हो।
पठनपाठन बन्द हुने गरि बिद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाईने प्राबधान रहेपनि सो प्राबधान बिपरित टेन्ट निर्माण गरेपछि प्रधानाध्यापकले कार्वाहीको माँग गर्दै
जिल्ला प्रशासन कार्यालय सप्तरीमा अाइतवार निवेदन दिएका थिए।
ईलाका प्रहरी कार्यालय पातोले मण्डललाई अाईतबारै बोलाए सोधपुछ गरेका थिए। छोरीको विवाह भएकैले स्थानीयको सहयोगमा इलाकाबाट मण्डल तत्कालै फर्केर अाएको स्थानीयको भनाइ रहेको छ।
वाडा अध्यक्ष ललित कुमार सिंहले छोरीको विवाहको लागि टेन्ट लगाई सकेकोले भत्काउन नमिल्ने बताए।उनले भने-” यस्ता का्र्यक्रमहरूमा यसरी जवरजस्ती टेन्ट लगाउँने, विभिन्न कार्यक्रम गरियो भने पठनपाठन अबरुद्ध भएर बिद्यार्थीको भविष्यमाथि खेलवाड हुने भएकोले स्थानीय सरोकारवालाहरू बसेर यश विषयमा ठोस निर्णय लिनु पर्छ।
कोभिड १९ कोरोनाका कारण यश जिल्लाका बिद्यालय ८ महिनासम्म बन्द भएपछि बिद्यार्थीको पठनपाठन पूर्णरूपेण अबरुद्ध भएको थियोे ।
अहिले बिद्यार्थीको पठनपाठन तिब्र गतिमा हुनुपर्ने ठाउँमा यस्ता गतिविधिले बिद्यार्थी भविष्यमाथि खेलवाड भईरको स्थानीयहरू गुनासो छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर