Advertisement
☰

विद्यालयको शैक्षणिक गतिविधिमा सरसफाई महत्त्वपूर्ण कडिको रुपमा रहेको मन्त्री साहको भनाई

न्युजडेस्क
२०७७ फाल्गुन १८, मंगलवार १५:४२

फाल्गुन,१८ गते,जनकपुरधाम। विद्यालयको शैक्षिक गतिविधिमा सरसफाईले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले वताएका छन।

मंगलबार जनकपुरधाममा रतौली युवा क्लव, युनिसेफ र नोरफन्डको संयुक्त अायोजनामा ३ दिने विद्यालय शिक्षक,शिक्षिकाहरुको लागि स्वच्छता सम्वन्धी तालिमको समापन गर्नुहुदै मन्त्री साहले उक्त कुरा वताएका छन।

उहाँले विद्यालयहरुमा स्वच्छता लगायत विद्यार्थीको स्वास्थ्यको हेरचाह गर्न मन्त्रालयले ८० जना विद्यालय नर्स परिचालन गरेको वताए।रतौली युवा क्लवको अध्यक्ष साकिर खानको अध्यक्ष्ाता र सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख अाथित्यमा सम्पन्न कार्यक्रममा स्वच्छतामा योगदान पुर्‍याउने पत्रकार, शिक्षक,शिक्षिकाहरुको सम्मान पनि गरेको थियोे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर