Advertisement

प्रदेश सांसद यादव द्वारा योग भवन निर्माण

न्युजडेस्क
२०७८ पुष २८, बुधबार १६:४०

जनकपुरधाम, पुष २८ गते। शान्ति र समृद्धिका लागि योगअभ्यासबाट ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई लाभान्वित गर्न उद्देश्यले धनुषा निर्वाचन क्षेत्र नं २ को सोनिगामा आर्युवेद औषधालयमा योग भवनको निर्माण गरिएको छ।

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट रु १० लाख रुपैयाँको लागतमा हंसपुर नगरपालिका वार्ड नं ६ सोनिगामामा नव निर्मित योग भवनको निर्माण भएको कुरा आर्युवेद औषधालय सोनिगामाका प्रमुख बरिष्ठ कबिराज राम छबिला यादव ले जानकारी दिनुभयो।

सो योग भवन माघ महिनाको पवित्र दिन मंकर संक्रान्ति देखि नियमित योग, प्रणाम, सुक्ष्म व्यायाम गर्ने कुरा बताईएको छ।
वातावरण मैत्री आर्युवेद औषधालय बनाउने उद्देश्यले बरिष्ठ कबिराज राम छबिला यादव को संयोजन, पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादव र वृक्ष मानव सुरेश शर्मा को सहयोग तथा सहकार्य मा डेढ वर्ष अघि आर्युवेद औषधालय सोनिगामाको परिसरमा वृक्षारोपण गरिएको थियो।

स्थानीय वासिन्दा को प्रत्यक्ष रेखदेख र संरक्षण गरिएको वृक्षारोपण कार्यक्रमले औषधालय मा रोपिएका वृक्ष हरुले ठूलो आकर्षक आकार लिए स्वच्छ वायु प्रदान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर