Advertisement
☰

हत्या अभियोग १ लाख धरौटीमा रिहा

न्युजडेस्क
२०७७ फाल्गुन २८, शुक्रबार ११:४९

जनकपुर। हत्याको अभियोग लागेका उदयपुर त्रियुगा नगरपालिकाका निरज खातीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक त्रियुगा नगरपालिका–७ का प्रमोद रेग्मीको हत्या गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले खातीविरुद्ध अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।रेग्मीको गत माघ १३ गते धनुषामा हत्या भएको थियो ।

३५ बर्षीय खाती रेग्मीका साला हुन् । प्रहरीका अनुसार खातीले सेयर लगानीसम्बन्धी विवादमा आफूले बाँसको लठ्ठीले टाउकोमा हानेर हत्या गरेको स्वीकारेका थिए ।
बुधबार जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आरोपितले हत्या स्वीकारिसकेको अवस्थामा धरौटीमा छाडिनु आश्चर्य भएको एक प्रहरी अधिकृतले बताए । ती अधिकृतले भने, ‘हामीले त सुक्ष्म अनुसन्धान गरेर मुद्दा दर्ता गरेका हौं ।

कसरी धरौटीमा छाड्ने आदेश आएको हो थाहा भएन ।’
अधिवक्ता प्रदीप मिश्र आरोपितले प्रहरी समक्ष हत्या स्वीकार गर्दैमा अदालतले मान्न नसक्ने बताए । ‘अदालतमा स्वीकार गरेको खण्डमा पुर्पक्षकै लागि थुनामा पठाउनुपर्ने हो’ उनी भन्छन्, ‘यदि प्रहरीमा स्वीकार गरेको छ भने त्यसले त्यत्ति महत्व राख्दैन ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर