Advertisement
☰

शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्वारा नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता सम्पन्न

न्युजडेस्क
२०७७ चैत्र १, आईतवार २१:०२

उमेश कुमार साह

सप्तरी बोदे बर्साईन नगरपालिका मा शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्ववरा श्री चन्द्रा नमुना माध्यमिक विध्यालयको खेलमैदानमा मा.वि. नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता नगर क्षेत्र भित्र रहेका ५ वटै मा.वि. विध्यालयको छात्र /छात्राहरू सहभागीतामा सम्पन्न भएकाछन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह, विशिष्ट अतिथि नगर शिक्षा अधिकृत रामसागर यादवको साथै प्रतियोगितामा सहभागी विध्यालयका प्रधानाध्यापक ,खेल शिक्षक, विध्यार्थीहरू उपस्थितिमा समापन समारोह कार्यक्रमको अध्यक्षता चन्द्रा नमुना मा.वि.का प्रधानाध्यापक गाैरिशंकर चाैधरीले गरेकाथियो ।
हाजिरीजवाफ तर्फ मा.वि. मानराजा प्रथम , मा.वि. बोदे बर्साईन द्वितीय र मा.वि. काचन तृतीय भएकाछन् । भने कबडी प्रतियोगिता तर्फ छात्र / छात्रा तर्फ मा.वि. बोदे बर्साईन प्रथम , छात्रा मा.वि. सारश्वर द्वितीय र छात्र तर्फ मा. वि. मानराजा द्वितीय र छात्रा तर्फ तृतीय भएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आतेश कुमार सिंहले भने हामी राष्ट्रको मुल मन्त्र स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नारको उद्देश्यलाई पूरा गर्न हामी सधैं काम गरिरहने प्रतिबद्धता जनाउनु भयो । उक्त प्रतियोगितामा दुई विधाका उतकृष्ट खेलाडीहरू चन्द्रा मा.वि. का छात्रा अम्बिका कुमारी यादव र छात्र तर्फ सोनु कुमार यादव भएका थियो । विजेताहरूलाई पुरस्कार प्रमुख अतिथि ,अतिथिहरूले प्रदान गरेकाछन् । कार्यक्रम संचालन मा.बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर