Advertisement
☰

कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत

न्युजडेस्क
२०७७ चैत्र १४, शनिबार १७:०३

जनकपुरधाम, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कार्यरत कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

मधेशी निजामति कर्मचारी मञ्चले आज जनकपुरमा आयोजना गरेको राष्ट्रिय भेला एवं संघीय निजामित कर्मचारी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले कर्मचारीहरुको हक हितका लागि प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले प्रदेश सरकारले ल्याएको निजामति कर्मचारी ऐन संघीय ऐन भन्दा अग्रगामी रहेको दावी गर्नु हुँदै ऐनमा कुनै कुरा छुटन गएको भए कर्मचारीहरुकै सल्लाहमा थप घट गरिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

संघीय सरकारले समयमा ऐनकानूनहरु नल्याएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भई रहेको अवगत गराउदै मुख्यमन्त्री राउतले समस्याका बाबजुद पनि प्रदेशलाई अग्रगामी दिसामा अगाडी बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

मंचका अध्यक्ष भुवनेश्वर चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश सभा सदस्य परमेश्वर साह , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादव, वौद्धिक पेशाकर्मी मंचका उपाध्यक्ष जितेन्द्र यादव सहित वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर