Advertisement

मुख्यमन्त्री राउत द्वारा मानव सेवा आश्रम भवनको शिलान्यास

न्युजडेस्क
२०७८ चैत्र ११, शुक्रबार १०:२०


बिरगंज, चैत ११ । मुख्यमन्त्री लालबाबु राउतले मानव सेवा आश्रम बिरगंज भवनको शिलान्यास गर्नु भएको छ ।

बिरगंज महानगरपालिकाले वडा नं. १५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कठ्ठा जग्गामा सुविधा सम्पन्न भवन निर्माणका लागि मुख्यमन्त्री राउतले शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रकम छुट्याइएको भए पनि जग्गा आभावमा उक्त रकम फ्रीज भएको उल्लेख गर्नु हुँदै अगामी आर्थिक वर्षमा यथोचित बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

मानव सेवा सबै भन्दा उत्तम सेवा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, यस कार्यमा संलग्न सम्पुर्ण टिमलाई सैलुट गर्न चाहन्छु ।
भवन निर्माण मात्र नभैइ संचालनको गुरु योजना सहितको प्रस्ताव प्रदेश सरकारलाई उपलब्ध गराउन उहाँले आग्रह समेत गर्नु भयो ।

आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद प्रदिप यादव, महानगर प्रमुख विजय सराबगी सहितको सहभागिता रहेको थियो ।
१८ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन तीन बर्ष भित्र पूरा गरिने लक्ष्य राखिएको अध्यक्ष अधिकारीले बताएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर