जनकपुरधाम चैत / १९ गते
हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले हंसपुर नगरपालिका-४,सुगामधुकरही को पछ्यारी टोल स्थित इदगहको शिलान्यास गर्दै पुर्वारी टोल देखी उत्तरवारि टोल चक्दह पर्ती सम्म जाने निर्माणाधीन सडकको समेत अनुगमन गरेका थिए।
उक्त कार्यक्रम सम्बोधन गर्दै मेयर मण्डलले अब विकासका कुनै पनि योजना वा कार्यक्रमहरु अबरुद्ध नहुने एवम् द्रुतगतिमा कार्य अगाडि बढाउने भनी प्रतिबद्धता समेत जनाउँदै गुणस्तरीय एवम् मापदण्डअनुसारको कार्य गराउननै आफै निगरानी तथा अनुगमनमा उत्रेको समेत बताए ।
मेयर मण्डलले मुस्लिम बालबालिकाहरुको उज्ज्वल भविस्यका लागी मदरसामा मात्र नभई विद्यालयमा पठाउनुपर्ने बताए साथै बृद्ध भत्ता चाडैं उपलब्ध गराउदै बेरोजगारी न्यूनीकरण गर्न आफ्नो नगरपालिकामा चाडै औद्योगिक करिडोर निर्माण गराउने समेत बताए ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका हंसपुर नगर अध्यक्ष लालबाबु यादव,जसपाकै वडाअध्यक्ष इस्लाम राइन, युवा अभियानता ध्रुप नारायण यादव ,जय कुमार यादव इलाका प्रहरी कार्यालय प्रमुख लगायत जसपाका अन्य नेता,कार्यकर्ता एवम् स्थानीयहरु उपस्थिति समेत रहेको थियो ।











