काठमाण्डाै – पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा आएको छ ।
वातावरणमैत्री र प्रदूषणरहित शवदाह गृह आजदेखि सञ्चालनमा आएको हो । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको शवदाह गृह आज एक औपचारिक कार्यक्रममार्फत पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ ।
शवदाह हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताउनुभयो।
आधुनिक शव दाह गृहले हिन्दुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने मन्त्री भट्टराईले विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक झण्डै ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताउनुभयो । यो शवदाह गृहमा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस्