Advertisement

दशै तिहरमा कुन खसी किन्ने?

न्युजडेस्क
२०७८ आश्विन २३, शनिबार १४:४६

काठमाडौं । दशैंका लागि काठमाडौंमा खसीबोकाको बिक्री शुरु भइसकेको छ । सरकारी स्तरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले र निजी व्यापारीहरुले पनि खसीबोका बिक्री गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खशी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।*कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खशी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खशी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

कम्पनीले हाल २ हजार खशी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरि पनि खशी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन । उनले दैनिक ५ सय वटा खशी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत बताइन् ।

कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खशी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । यस वर्ष कोरोना महामारीका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकेको कम्पनीको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर