Advertisement
☰

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

न्युजडेस्क
२०७८ बैशाख १४, मंगलवार २२:१३

सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका ४ जना, दैलेख र कालिकोटका २/२ जना र जुम्लाका १ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार मंगलबार मात्रै प्रदेशमा थप १६ जना कोरोनामुक्त भएका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर