Advertisement

घोडाबाट लडे मुख्यमन्त्री शाही, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

न्युजडेस्क
२०७७ कार्तिक २३, आईतवार १२:३८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्ऽ बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।

शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका-३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग हिँडेका थिए । सदरमुकामबाट गाडीमा गएका  शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चढ्न आग्रह गरेका थिए ।

तर हुडी र लिमाटाङ्गको बीचमा पर्ने खोलामा घोडाबाट लडे । उनको टाउको र हातमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाट सुर्खेत ल्याएर प्रदेश अस्पतालमा उपचार गरिएको थियो ।

सामान्य उपचारपछि शाही निवास फर्किएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले जानकारी दिए । टाउकोको सिटी स्यान र हातको एक्सरे गर्दा सामान्य अवस्था पाइएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर