Advertisement
☰

एक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो !

न्युजडेस्क
२०७८ असार २७, आईतवार १९:०१

एक महिना बढीदेखि बेपत्ता महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टिक ट्यांकीमाफेला परेको छ।

आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको शव फेला परेको हो।
गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष अवशेष (कपाल, चुरा, कपडा) घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो।

व्यापक खोजतलास पश्चात महोत्तरी प्रहरीले सडेको अवस्थामा शव फेला पारेको हो।

परिवारजनले सुजिताकै शव रहेको सनाखत गरेको र बाँकी कुरा पोस्टमार्टमबाट खुल्ने महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर