Advertisement

२४ वर्षीय गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा, आमा र बच्चाको अवस्था सामान्य

न्युजडेस्क
२०७९ असार १८, शनिबार ०९:१८

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । गौमतीले बिहीवार राति ११ बजे माया मेट्रो अस्पताल दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

आमा र तिम्ल्याहा बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गौमतीले गर्भवती भएको सात महिनामै शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको अस्पतालले जनाएको छ । प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई हिजो साँझ मात्रै अस्पताल लगिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सयौंले तिम्ल्याहा बच्चालाई जन्म दिने गौमती र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर