Advertisement
☰

दार्चुलामा पुनः थप एक जनामा कोरोना पुष्टि

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार २०:४८

दार्चुला : दार्चुलामा पुनः थप एक जनामा कोरोना पुष्टि भएको छ ।

भारतबाट फर्केका मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय एक युवकमा बुधवार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

उनको यसअघि गरिएको आरडिटी रिपोर्ट समेत पोजेटिभ देखिएको थियो । यो संंगै दार्चुलामा कोरोना पुष्टि हुनेको संख्या २१ पुगेको छ ।

स्वाव संकलन गरिएका १ सय ९० जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर