Advertisement
☰

धनुषामा कमला युवा मंच गठन।

न्युजडेस्क
२०७८ श्रावण १०, आईतवार २०:३५


जनकपुरधाम १० साउन । कमला युवा मंच धनुषा गठन गरिएको छ । शनिबार रामजानकी मन्दिर दुवैरकाेट हथलेटवा प्रांगणमा भेला भई अभरेन कुमार मंडलकाे अध्यक्षतामा ११ सदस्य समिति कमला युवा मंच धनुषा गठन गरेको हाे ।

कमला युवा मंच धनुषाका अध्यक्षमा उमेश कुमार यादव वरिष्ठ उपाध्यक्षमा इसराफिल अंसारी, उपाध्यक्षमा धनबीर पासवान, महासचिवमा रामकुमार साह,  सचिवमा बिरेन्द्र कुमार यादव सहसचिवमा सकुल देवी यादव काेषाध्यक्षमा अभरेन कुमार मंडल रहेका छन् ।

त्यसतै सदस्यहरूमा दिनेश कुमार मंडल, शम्भु कुमार यादव,रमेशकुमार यादव, विनय कुमार यादव रहेका छन् ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य अरुण सिंह मंडलकाे प्रमुख अातिथ्यता तथा अग्रजहरु मन्दिरको बाबा सुकन दास, जसपाका नेता पल्टु मण्डल, बिवेश यादव , जितेन्द्र कुमार मंडल, सुखाई मण्डल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कमला बाँधकाे बिषयमा पनि छलफल गरिएको कमला युवा मंच धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर