Advertisement
☰

कोरोना खोपको प्रखर विरोधिको कोरोनाबाटै मृत्यु

न्युजडेस्क
२०७८ श्रावण १२, मंगलवार १४:२१

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोपका प्रखर विरोधीको कोरोनाबाटै मृत्यु भएको छ ।कोभिड खोपको खिसीटिउरी गर्ने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका हिल्सङ मेगाचर्चका सदस्य स्टीभन हार्मनको कोरोनाबाट मृत्यु भएको हो । उनी एक महिना कोभिडका कारण थलिएका थिए ।

उनले खोप नलिने भन्दै उक्त खोपको खिसी गर्न एउटा शृङ्खला नै बनाएका थिए । उनले भनेको थिए, ‘मलाई ९९ वटा समस्या छन् तर तीमध्ये खोप चाहिँ हैन ।’
लस एन्जलिसबाहिर पर्ने एउटा अस्पतालमा उनको निमोनिया र कोभिड(१९ को उपचार भइरहेकोमा गत साता मृत्यु भएको बीबीसीले जनाएको छ ।
कोरोनाभाइरससँग जुझिरहँदा पनि उनले कोभिड खोप लगाउन अस्वीकार गर्ने भनिरहे र धार्मिक आस्थाले आफूलाई बचाउने विश्वास व्यक्त गरिरहे ।
अमेरिकी वरिष्ठ विज्ञ डा एन्थोनी फाउचीमा भन्दा बाइबलमा विश्वास रहेको भन्दै बनाइएका मीम पनि उनीले शेयर गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर